
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंस्थित कालीमाटीमा मासु व्यापार गर्दै आएका एक व्यवसायीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाका २८ वर्षीय उनी काठमाडौंस्थित कालीमाटीका व्यवसायी गर्दै आएको पुष्टि भएको हो ।
बाँकेको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुरका स्थायी बासिन्दा रहेका उनी लकडाउनको समयमा घर गएका थिए । काठमाडौंँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणपछि ती पूरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंँ आएका थिए । उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्