
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महामारीमा पनि कसैलाई नगर्नुपरेको व्यापार गर्न लागिपरेका बैंकहरु सरकारको ठाडो निर्देशनमा नेपाल राष्ट्र बैंकबाट आदेश आएसँगै सिमित शाखामात्र खोलेर बाँकी बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन जारी गरेको हो । बैंकका कारण मानिसहरुको भिडभाड बढ्दै गएपछि सबै शाखा कार्यालय नखोल्न राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिएको हो । खुलेका शाखाहरुलाई पनि सिमित मात्रै पासको व्यवस्था गरेर सेवा दिइने छ । लकडाउनमा सेवा प्रदान गर्न देशभरका २७ वाणिज्य बैंकलाई २० वटाका दरले पास वितरण गरिएको छ भने विकास बैंकलाई १० वटाका दरले पासको व्यवस्था गरिएको छ । त्यस्तै फाइनान्स कम्पनीलाई आठ र लघुवित्त वित्तीय संस्थालाई पाँचका दरले पासको व्यवस्था गरिएको छ । बैंकिङ सेवा लिन जाने नागरिकले कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण नियमको पालना गर्नुपर्ने छ ।
कर्मचारीको कोरोनाका कारण ज्यान गए सीइओ जेल जाने
यता कोरोना भाइरस (कोभिड १९) का कारण उद्योग, प्रतिष्ठान बैंक, बिमा कम्पनी, विकासे आयोजनालगायत श्रम ऐन कार्यान्वयन हुने सबै निकायमा कार्यरत कर्मचारीको ज्यान गएमा सम्बधित सस्थाका कार्यकारी प्रमुख (सीईओ) जेल जानुपर्ने भएको छ । श्रम ऐन २०७५ को श्रम अदालत सम्बन्धी व्यवस्था अनुसार व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधान जानी जानी वा लापरबाही गरी उल्लङ्घन गरेका कारण कसैको ज्यान गएमा वा अङ्ग भङ्ग भएमा वा कुनै कार्य गर्दा वा नगर्दा व्यवसायजन्य रोगको संक्रमण भइ कसैको ज्यान गएमा सो संगठीत संस्थालाई जरिवाना गरी संस्थाका कार्यकारी प्रमुखलाई कैद गर्नुपर्ने व्यवस्था भएसँगै सीइओहरु यसरी जेल जानुपर्ने अवस्थाका लागि तयार हुनुपर्ने देखिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्