×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका ३० जिल्लामा फैलियो कोरोना भाइरस, हेनुहोस् कुन जिल्लाका कति व्यक्तिमा देखियो संक्रमण ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालका ३० जिल्लामा फैलियो कोरोना भाइरस, हेनुहोस् कुन जिल्लाका कति व्यक्तिमा देखियो संक्रमण ?

Artha Sarokar

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा ३० जिल्लामा कोरोना  भाइरस फैलिएको छ । ७७ जिल्लामध्ये ३० जिल्लाका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३०४ जना कोरोना संक्रमित व्यक्तिहरु फेला परेका छन् ।  जसमा सबैभन्दा बढी पर्सा जिल्लाका संक्रमित छन् । पर्सामा ९१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने कपिलवस्तु ४२ जना कोरोना संक्रमित भेटिएका छन्। 
नेपालमा कोरोना संक्रमित देखिएकामध्ये ३६ जना उपचारपछि घर फर्किएका पनि छन्। दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 
हेनुहोस् कुन जिल्लामा कति संक्रमित भेटिए ?
पर्सा – ९१ 
कपिलवस्तु – ४२ 
बाँके – ३४ 
उदयपुर – ३३ 
रुपन्देही – २८ 
रौतहट – २१ 
काठमाडौँ – ७ 
धनुषा – ६ 
कैलाली/बारा – ४/४ 
चितवन/महोत्तरी/सर्लाही/दाङ – ३/३
बाग्लुङ/झापा/बर्दिया/ धादिंग/मोरङ/भक्तपुर- २/२ 
भोजपुर/कंचनपुर/सिराहा/सप्तरी/सिन्दुपल्चोक/मकवानपुर/नवलपरासी(पुर्व)/नवलपरासी (पश्चिम)/काभ्रे/धनकुटा – १/१
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी