
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । देशका विभिन्न भागमा आज बुधबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा ३५, बारामा १०, झापामा १७ र बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ईशनाथ नगरपालिकामा १६, गौर नगरपालिकामा ८, गढिमाई नगरपालिकामा ७ जना, देवाही गोनाही नगरपालिकामा २ र कटहरिया नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा यी सबैको नतिजा पोजेटिभ आएको रौतहटको प्रशासन स्रोतले बतायो ।
यी सबै हालै भारतको विभिन्न सहरबाट फर्केर आफ्नै पालिकामा रहेका क्वारेन्टानइमा बसेका थिए। उनीहरुलाई अब गौरमा रहेको २५ शय्याको आइसोलेसन वार्ड भरिएका अन्य ठाउँमा आइसोलेसन बनाएर राख्ने वा जिल्ला बाहिर पठाउने भन्ने विषयमा छलफल भइरहेको जिप्रकाका एक अधिकारीले बताए । हिजो मंगलबार पनि रौतहटमा एकैपटक २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार देवाही गोनाही नगरपालिकाका १३, गौर नगरपालिकाका ७ र राजदेवी तथा गरुडा नगरपालिकामा १-१ जना कोरोना संक्रमणको पुष्टि भएको थियो ।
रौतहटमा यो दुई दिनको अवधिमै ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीसँगै रौतहटमा कुल संक्रमितको संख्या १०५ पुगेको छ। जसमा तीनजना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये एक ४१ वर्षीय व्यक्ति रौतहटका बासिन्दा हुन् । बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार संक्रमण पुष्टि भएकाहरु झापाको कचनाकवल र बाह्रदशीका व्यक्ति छन् । यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यीसँगै झापामा संक्रमितको संख्या ५४ पुगेको छ। यो प्रदेश १ मा संक्रमित भेटिएका जिल्लामध्ये सबैभन्दा बढी हो।
बागलुङका बडिगाड र तमानखोलाका स्थानीय ६ जनामा कोरोना संक्रमण देखिएको हो । प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले सबै केही दिनअघिमात्रै भारतबाट फर्केर आएको जानकारी दिए । प्रजिअ सैंजूका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण पुष्टि भएपछि ती सबैजनालाई बागलङुस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा राख्न ल्याइँदै गरेको सैंजूले जानकारी दिए । यीसँगै बागलुङमा संक्रमितको संख्या ८ पुगेको छ । यसअघि संक्रमित भएका बागलुङका दुईजना निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्