
कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो ।
दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । उनको स्वाब तीन दिनअघि पठाइएको थियो ।
उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्