
काठमाडौँ । भारतको मध्य प्रदेशमा नवविवाहित महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मध्य प्रदेशको रायसेन जिल्लास्थित मंडीदीपको सतलापुरमा बिहे गरेर ल्याएकी दुलहीमा कोरोना संक्रमण देखिएपछि त्रासको अवस्था सिर्जना भएको हो।
भोपाल शहरको जाटखेडी निवासी दुलहीको विवाह सतलापुर निवासी पुरुषसँग मे महिनाको १८ तारिखमा भएको थियो। भारतमा अहिले लकडाउन छ। १७ मे मा तेस्रो चरणको लकडाउन सकिएको थियो। चौथो चरणको लकडाउन सुरु भएको दिन १८ मेमा सम्पन्न विवाहअघि दुलहीको कोरोना टेस्ट गरिएको थियो। विधिपूर्वक बिहे सम्पन्न भयो। तीन दिनपछि दुलहीको रिपोर्ट पोजेटिभ आएपछि गाउँमा हंगामा भयो।
बिहे गरेर ससुराली घर आएकी दुलहीलाई पोजटिभ आएको खबरलगत्तै हतार हतार भोपालको एम्स अस्पताल पठाइयो। श्रीमानसहित ससुराली गाउँका ३२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। अबदुल्लागंज बीएमओ डाक्टर अरविंद सिंह चौहानले मंडीदीपमा अहिलेसम्म इन्दौरबाट आएकी छात्रासहित चार जनामा संक्रमण देखिएको र उनीहरु निको भएर घर फर्किँएको बताए। त्यसयता कोरोनामुक्त मंडीदीपमा नवविवाहितामा संक्रमण देखिएपछि यो पाचौं केस हो। -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्