Skip to content
LAXMI SUNRISE BANK

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख ८७ हजार ८ सय ४२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १९ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ भने १९ लाख ४ हजार ५ सय ४० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९१ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ५० हजार ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३ सय ४० पुगेको छ भने अहिलेसम्म ३ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ । 
नेपालमा अहिलेसम्म ३ सय ७५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK