
काठमाडौं । वैज्ञानिकहरुले बेलायतमा यो वर्षको सेप्टेम्बरको अन्तिमसम्म कोरोनाभाइरस नियन्त्रणमा आउने प्रक्षेपण गरेका छन् । सिंगापुर युनिर्भसिटी अफ टेक्नोलोजीको एउटा समूहले महामारीको आँकडाका आधारमा विश्वका सबैभन्दा प्रभावित देशहरुमा कहिलेसम्म महामारी कायम रहन्छ भनेर अनुमान लगाएका थिए । यो समुहले बेलायतमा शून्य केससहितको कोरोना भाइरसको निर्मूल गर्न अर्थात संक्रमणको दोस्रो लहर सेप्टेम्बर महिनाबाट अन्त्य हुने प्रक्षेपण गरेको छ।
त्यस्तै कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु भएको अमेरिकामा भने नोभेम्बर ११ बाट संक्रमण विलुप्त हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतमा हिजोमात्रै २८२ जनाको कोरोना संक्रमणका कारण मृत्युपश्चात कुल मृतकको संख्या ३६६७५ पुगेको छ। तथापि अनुसन्धानकर्ताहरुले भाइरसको जटिलता र प्रतिबन्धहरु तथा परीक्षण प्रोटोकलजस्ता अन्य तत्वहरुका कारण आफूहरुले गरेको प्रक्षेपण अनिश्चित हुने सक्ने उल्लेख गरेका छन् । यसका साथै उनीहरुले कुनै पनि मोडल र डेटाले यसको जटिलतालाई सही र पूर्ण ढंगले विभिन्न देशमा रहेको महामारीको जटिल, विकसित र विषम वास्तविकतालाई प्रतिनिधित्व गर्न नसक्ने बताएका छन्।
विश्वभर फैलिरहेको कोरोनाको चरम अनिश्चितता र जटिल प्रकृतिलाई स्वीकार गर्दै वास्तविक र आधारभूत रुपमा दृढता, लचिलोपन, सिर्जनात्मकता र व्यक्ति, संगठन तथा सरकारहरुको उद्यमशिलताका साथसाथै विभिन्न पेसा व्यवसाय र क्षेत्रबीच भविष्यको अप्रत्याशित र अवान्छनीय परिदृश्यहरुका लागि सहकार्य आवश्यक पर्ने कुरामा अनुसन्धानकर्ताहरुले जोड दिएका छन्। अध्ययनले मे महिनाको प्रारम्भ निरीक्षणले भ्याक्सिन र कडा प्रतिबन्धको अभावमा अमेरिका र दोस्रो सबैभन्दा धेरै प्रभावित ब्राजिल वर्षको अन्तिमसम्म पनि प्रभावित बनिरहने सक्ने देखाएको छ।
कुनै बेला कोरोनाको सबैभन्दा धेरै संक्रमण देखिएको इटली भने अक्टोबर २४ सम्म कोरोनाबाट मुक्त हुने अध्ययनले प्रक्षेपण गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले विश्वबाट पूर्ण रुपमा कोरोना नियन्त्रण हुन चारदेखि पाँच वर्ष लाग्ने सक्ने बताएकी छन् । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्