×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ६५० को स्वाब परीक्षण, ३४ जनाको रिपोर्ट नेगेटिभ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ६५० को स्वाब परीक्षण, ३४ जनाको रिपोर्ट नेगेटिभ

Artha Sarokar

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बाँकेको नेपालगन्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्ति मध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका-८ जोलाहनपुरवाका ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालगन्ज-८ का ६० वर्षीया पुरुषमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि उनीसँग सम्पर्क भएका सोही वडामा पहिलो चरणको परीक्षणमा १५ जना र त्यसपछि ७ गरी २२ जनामा कोरोना संक्रमण भेटिएको थियो ।उनीहरु सबैको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब परीक्षण गर्दा बुधबार ३४ जनाको र बिहीबार पनि ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पसर्न नरेशमान श्रेष्ठले जानकारी दिए ।
बिहीबार संक्रमितको सम्पर्कमा रहेका थप १५२ जनासहित हालसम्म कूल ६५० जनाको नमूना संकलन गरिएको उनले बताए । संकलित नमूना मध्ये थप ३४ जनाको स्वाब परीक्षण भइरहेको र ११६ जनाको परीक्षण गर्न बाँकी रहेको उनले बताए ।
नेपालगन्ज-८ स्थित अन्सारी मस्जिदका ६० वर्षीय मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएपछि पुरै टोल सिल गरेर पहिलो चरणमा ९० जनाको स्वाब संकलन गरिएको थियो । उक्त ९० स्वाब परिक्षण गर्दा २२ जनामा कोरोना भेटिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी