×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा भेटिएका कोरोना संक्रमित भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान भएको खुलासा !

PRIME CA

भक्तपुरमा भेटिएका कोरोना संक्रमित भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान भएको खुलासा !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भक्तपुरको दुवाकोटमा बस्ने कोरोना संक्रमित पुरुष पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुलासा भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।
उनी लकडाउनको समयमा उपत्यकाबाहिर नगएको भेटिएको छ । ‘उपत्यका बाहिर गएको देखिएको छैन। थप अनुसन्धान भइरहेको छ,’ पाण्डेले भनिन्, ‘परिवारमा पनि बाहिरबाट कोही आएको देखिन्न।’ जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रमुख हुमाकला पाण्डले भनिन् । उपत्यका बाहिर नगएका उनलाई कोरोना कसरी सर्यो भन्ने कुराको छानविन भइरहेको छ । 
उनी सिंहदरबार छिरेका थिए कि थिएनन् भन्ने जानकारी भने आउन बाँकी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: