
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना प्रभावले मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई संबोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन् ।
यस्तै कोरोनाले उत्पन्न संकटबाट विश्वलाई पारेको असरबाट नेपाल पनि अछुतो नरहेको बताउदै प्रधानमन्त्री ओलीले खाद्यान्न वस्तुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको चर्चा गरे । साथै कोरोनाबाट पारेको प्रभावलाई ध्यानमा राखेर सरकारले नीति तथा कार्यक्रममा यथेष्ट कार्यक्रम समेटेको उल्लेख गर्दै मुलुकको आर्थिक अवस्था कमजोर हुन नदिन सरकार गम्भीर रहेको बताए ।
प्रधानमन्त्री ओलीले कोरोनाले प्रभाव पार्ने हरेक क्षेत्रमा सरकारले ध्यान पु¥याएको बताए । उनले रोजगारीको अवसर उपलब्ध गराउने विषयमा पनि तयारी सुरु गरिएको र अति विपन्न वर्गको गाँसबासमा असर पर्न नदिन पनि सरकारले योजना बनाएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्