
काठमाडौं । छिमेकी मुलुकमा पछिल्ला केही दिनदेखि दैनिकजसो कोरोना संक्रमितको संख्यामा उछाल आइरहेको छ। पछिल्लो २४ घन्टामा संक्रमितको संख्याले अहिलेसम्म उच्च आँकडा कायम गरेको छ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ३८० जनामा कोरोना संक्रमण देखिएको छ। यो एकैदिन नयाँ संक्रमित फेला परेको हालसम्मकै उच्च आँकडा हो । थप संक्रमितसँगै भारतमा हालसम्म १ लाख ८२ हजार १४३ जनामा कोरोना पोजेटिभ देखिएको छ।
भारतमा पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट १९३ जनाको ज्यान गएको छ। योसँगै हालसम्म ज्यान गुमाउनको संख्या ५ हजार १६४ पुगेको छ । हालसम्म संक्रमितमध्ये लगभग ८७ हजार निको भएर घर फर्किएका छन् । भारतमा महाराष्ट्र यो महामारीबाट बढी प्रभावित छ। त्यहाँ हालसम्म ६५ हजार १६८ जना संक्रमित भएकोमा २ हजार १९७ जनाको ज्यान गएको छ।
त्यस्तै तमिलनाडुमा २१ हजार १८४ संक्रमित भएकोमा १६० जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि तमिलनाडुमा जुन ३० सम्म लकडाउनको घोषणा गरिएको छ। यसैगरी भारतको राजधानी दिल्ली अतिप्रभावित सहरको तेस्रो स्थानमा छ। त्यहाँ हालसम्म १८ हजार ५४९ जना संक्रमित देखिएकोमा ४१६ जनाको ज्यान गइसकेको छ । उता गुजरातमा हालसम्म १६ हजार ३४३ जना संक्रमित फेला परेका छन्। तीमध्ये १ हजार ७ जनाको ज्यान कोरोनाले लिइसकेको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्