×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी, एकैदिन भेटिए सात हजार बढी संक्रमित

LAXMI SUNRISE BANK

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी, एकैदिन भेटिए सात हजार बढी संक्रमित

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६५ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका सात हजार ४६६ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या भारतको लागि अहिलेसम्मकै उच्च हो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ५४६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ९८२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १४५ जनाको मृत्यु भएको छ । दिल्लीमा १६ हजार २८१ संक्रमित पुग्दा ३१६ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १५ हजार ५६२ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ९६० पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या सात हजार ४५३ पुगेको छ । यो राज्यमा ३२१ जनाको मृत्यु भइसकेको छ ।
भारतको पश्चिम बंगालमा चार हजार ५३६ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २९५ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या सात हजार १७० पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १९७ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार २९६ संक्रमित पुग्दा १५ जनाको मृत्यु भइसकेको छ ।भारतमा अहिलेसम्म ७१ हजार १०६ संक्रमित निको भएर घर फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी