Skip to content
LAXMI SUNRISE BANK

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०१ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुने कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका दुई पुरुष छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । नेपालमा कोरोना संक्रमित २२ जना उपचारपछि निको भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK