×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना बीमा गर्नेको संख्या ६४ हजार नाघ्यो, बीमा कम्पनीद्वारा ३ करोड ५४ लाख प्रिमियम संकलन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना बीमा गर्नेको संख्या ६४ हजार नाघ्यो, बीमा कम्पनीद्वारा ३ करोड ५४ लाख प्रिमियम संकलन !

Artha Sarokar

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले हालसम्म ६४ हजार बढीले कोरोना बीमा गरेको जनाएको छ । समितिले ६४ हजार   ८९ जनाले कोरोना बीमा गरेको जनाएको हो । 
समितिका अनुसार कोरोना बीमाबाट बीमा कम्पनीहरुले ३ करोड ५४ लाख ३० हजार ६२० रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस्तै  २० वटा निर्जीवन बीमा कम्पनीले ४ हजार ९२६ वटा पोलिसी बिक्री गर्दा ३ करोड ५४ लाख ३० हजार ६२० रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
अहिले कोरोना भाइरस बीमा अस्पताल तथा कपोरेट हाउस मात्रै नभएर सर्वसाधारणले पनि गर्न थालेका छन् । माहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गर्दै बीमा समितिले वैशाख ७ गतेदेखि उक्त बीमा पोलिसी संचालनमा ल्याएको थियो ।  साथै समितिले नै ८० जना कर्मचारीको कोरोना बीमा गराइसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी