×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हालसम्म ४० हजार बढीले खरिद गरे कोरोना बीमा पोलिसी, झन्डै साढे दुई करोड रुपैयाँ बीमाशुल्क आर्जन !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – कोरोना बीमा गर्नेको संख्या ४० हजार नाघेको छ । कोरोना भाइरसको क्षतिलाइ मध्येनजर गर्दै बीमा समितले उक्त बीमा पोलिसी ल्याएको थियो । जस अनुसार हालसम्म ४० हजार बढीले कोरोना बीमा गरेका छन् ।
बीमा समितिले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको कोरोना बीमा पोलिसी ल्याएको थियो । यी दुवै पोलिसी ४० हजार बढीले खरिद गरेका हुन् । कोरोना बीमा पूलमा संकलन भएको ३९ हजार ४१५ जना र राष्ट्रिय बीमा कम्पनीले बीमा गराएको एक हजार भन्दा बढि पोलिसी सहित कूल कोरोना बीमा पोलिसी खरिद गर्नेको संख्या ४० हजार नाघेको हो ।


बुधबारसम्ममा दुई करोड १४ लाख भन्दा बढिको कोरोना बीमा पोलिसी बिक्री भइसकेको छ भने राष्ट्रिय बीमा कम्पनीको समेत थप गर्दा बीमा शुल्क आम्दानी करिब साढे दुई करोड हाराहारीमा छ । बधुबार मात्रै दुई हजार एक सय जनाले कोरोना बीमा गराएर ११ लाख रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन भएको थियो । नेपालमा हाल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार मात्रै नेपालमा एकै परिवारका १७ सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: