- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना कोषमा १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ । कोरोनासँग लड्न सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा मन्त्रालयले १४ लाख ५१ हजार ९६७ दाखिला गरेको हो ।
मन्त्रालयका प्रवक्ता सुमन घिमिरे अनुसार मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको हो । सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ । सरकारद्वारा स्थापित उक्त कोषमा रकम जम्मा हुने क्रम जारीनै छ ।