Skip to content
LAXMI SUNRISE BANK

थापाथलीमा मृत्यु भएकी सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा काठमाडौ‌ंस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा मृत्यु भएकी उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि स्वाब पठाइएको थियो ।
शनिबार राति नै उनको रिर्पोट नेगेटिभ आएको अस्पतालका निर्देशक डा‍. जागेश्वर गौतमले बताए। ‘उनको स्वाब परीक्षण गरेका थियौं,’ उनले भने, ‘तर रिर्पोट नेगेटिभ आयो।’ उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । 
सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले रु दुई लाखभन्दा बढी खर्च गरेका जनाइएको छ । अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनीलाई घर फर्काएको थियो । तर उनलाई गाह्रो भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौं‌ ल्याइएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK