×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

PRIME CA
GLOBAL IME BANK

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितपुरमा बस्नेतले पुष्टि गरेका हुन् । उनी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ ।

यता वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा केही जानकारी दिएको छैन । वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति ती वृद्धको मृत्यु भएको थियो । अब नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । यसअघि ३ जनाको कोरोनबाट मृत्यु भइसकेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: