
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – वीरगञ्जमा कोरोना भाइरसको उपचारपछि निको भएका दुई जनामा फेरि कोरोना ‘पोजेटिभ’ देखिएको छ । वैशाख १४ गते निको भई घर फर्किएका वीरगञ्जका २ जनामा फेरि कोरोना संक्रमण देखिएको हो ।
कोरोना भाइरस पुन: पोजेटिभ देखिनेमा एक भारतीय मुस्लिम र अर्का रौतहटका १९ वर्षीय किशोर हुन् । भारतीय मुस्लिम समुदायका एक जनालाई ३० चैतमा र रौतहटका एक किशोरलाई १ वैशाखमा कोरोना पुष्टि भएको थियो । अहिले उनीहरु दुबै जनालाई आइसोलेसना राखिएको छ ।
दुबै जना वैशाख १४ गते एकैसाथ डिस्चार्ज भएका थिए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार मात्र नेपालमा थप ७ जनामा कोरोना पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्