×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरघरमा ग्यास पुर्‍याउने युवकमा कोरोना संक्रमण भएको पुष्टी !

LAXMI SUNRISE BANK

घरघरमा ग्यास पुर्‍याउने युवकमा कोरोना संक्रमण भएको पुष्टी !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास पुर्‍याउने गरेको रहस्यको खुलासा भएको छ । पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको पाइएको हो ।
‘बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्‍याउने गर्दै आएका थिए । उनको बुबाले पसल सञ्चालन गर्दै आइरहेको भएपनि लकडाउनपछि युवकले नै पसल चलाउँदै आएका थिए ।’ बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले भने । ती युवकका घरमा आमा, बुबा, भाइ र एक जना बहिनी रहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी