Skip to content
LAXMI SUNRISE BANK

कालीमाटीका २ सय प्रहरीको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कालिमाटी प्रहरी वृत र मातहतका सबै प्रहरी कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।जेठ ७ गते महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटीभ देखिएपछि वृतअन्तर्गत रहेका करिव २ सय प्रहरीको पिसिआर गरिएको थियो । 
सहकर्मी २ प्रहरी कोरोना पोजेटिभ भएको ११ दिनपछि कालिमाटी वृत्त अन्तर्गतका प्रहरीको पिसिआर रिपोर्ट आएको हो । वृतमा कार्यरत एक सई र जवानमा कोरोना परिक्षणमा पोजेटिभ देखिएपछि उनीहरुलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगेर महानगरीय प्रहरी वृत्त कालिमाटी अन्तर्गतका सबै प्रहरीलाई क्वारेन्टीनमा राखिएको थियो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK