
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना पोजेटिभ देखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवसहित एक सय बढी कर्मचारीको कोरोना भाइरस परीक्षण गरिने भएको छ।
ती चिकित्सक रिपोर्ट आउनु अघिल्लो दिन मन्त्रालयको हेल्थ इमर्जेन्सीको बैठकमा उपस्थित भएका कारण मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, सचिव यादव कोइरालासहित एक सय बढी कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । संक्रमित चिकित्सक कन्ट्याक ट्रेसिङको लागि कपिलवस्तु गएका थिए ।
मन्त्रालयका कर्मचारी महाशाखाको प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालय आउजाउ गरेका सबै कर्मचारीको परीक्षण गर्ने तयारी गरिएको छ । उनले भने ‘१ सय भन्दा बढीको परीक्षण गरिन्छ होला ।’ चिकित्सकहरुका अनुसार संक्रमितसँग सम्पर्कमा आउना साथ स्वाब झिकेर परीक्षण गर्दा गलत रिपोर्ट पनि आउन सक्छ । सोही कारण संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको १ सातामा स्वाब झिक्दा गलत रिपोर्ट आउने सम्भावना कम हुन्छ ।
ती चिकित्सकको प्राइमरी कन्ट्याकमा आएका मन्त्रालयका कर्मचारीहरु होम क्वारेण्टाइनमा बसिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्