
- अर्थ सरोकार सम्बाददाता
जुम्ला । जुम्लामा कोरोनाको आशंकामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जुम्लाको हिमा गाउँपालिकाका वडानम्बर २ ओदी गाउँका ३८ बर्षीय युवकको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना भाइरसको संक्रमण आशंकाबाट मृत्यु भएको जानकारी आएपछि मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
मृतकसहित पाँचै जना घरपरिवारकै स्वाब पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतले बताए । लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ३८८ जना नागरिक भित्रिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्