
- अर्थ सरोकार सम्बाददाता
डोटी । सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार दुई सय ९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सूचना अनुसार हालसम्म पीसीआर विधिबाट तीन हजार सात सय ९७ जना तथा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट १८ हजार सात सय ५४ जनाका परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गरी कुल तीन हजार एक सय ५० आरडीटी किट र आठ सय ११ भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) स्टक रहेको जनाइएको छ । आइतबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी एक हजार चार सय एक पुरुष र एक सय ५८ महिला गरी राखिएका छन् ।
डोटी जिल्ला अस्पतालमा १, सेती प्रादेशिक अस्पताल कैलालीमा ४, बझाङ जिल्ला अस्पतालमा ८, बैतडी जिल्ला अस्पतालमा १ र बाजुरा जिल्ला अस्पतालमा ३ गरी जना नागरिक १७ जना आइसोलेसनमा भर्ना भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा हाल कुनै पनि व्यक्ति कोरोना संक्रमित नभएको मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशभित्र देखिएका पाँच जना संक्रमितहरु निको भएर घर गइसकेका छन् । यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि एक सय ४७ जना घर फर्किसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्