
काठमाडौँ – सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ । सांसद तथा कर्मचारीमा कोभिड–१९ भए/नभएको निक्र्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको थियो ।
आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सङ्घीय संसद्को छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ । कोभिड–१९को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्