×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसदहरुको कोरोना परिक्षणको रिपोर्ट २ बजे आइसक्ने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांसदहरुको कोरोना परिक्षणको रिपोर्ट २ बजे आइसक्ने !

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांसदहरुको कोरोना परिक्षणको रिपोर्ट आज दिउँसो २ बजेसम्म आइसक्ने भएको छ । अहिले परीक्षणकै क्रममा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिए । उनले आजै दिउँसो २ बजेसम्म सबैको रिपोर्ट आइसक्ने बताए । आज दिउँसो ४ बजेबाट संसदको बजेट अधिवेशन सुरु हुँदैछ । 
संसद सचिवालयले कोरोना परिक्षणको रिपोर्ट देखाएपछि मात्र संसद बैठकमा प्रवेश दिइने जनाएको छ ।  राष्ट्रियसभाका सदस्य, प्रतिनिधिसभाका सांसद, मर्यादापालक, संसदका कर्मचारी गरी चार सय ४१ जनाको बिहिबार स्वाब संकलन गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: