×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसदहरुको पीसीआर परीक्षण हुँदै, भोलिबाट सुरु हुने बजेट अधिवेशन अघि रिपोर्ट आइसक्ने

LAXMI SUNRISE BANK

सांसदहरुको पीसीआर परीक्षण हुँदै, भोलिबाट सुरु हुने बजेट अधिवेशन अघि रिपोर्ट आइसक्ने

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शुक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आज (बिहीबार) सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन सुरु भएको छ । संसद सचिवालयका अनुसार बिहिबार संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो । 
राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण  हुनेछ । अहिले राष्ट्रियसभा सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन भइरहेको संसद सचिवालयले जनाएको छ भने सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पीसीआरु परीक्षण गर्ने तयारी छ। यस्तै प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।
संघीय संसदको दुबै सदनको वर्षे अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी