Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो ।  उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरका अनुसार उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, सचिवालयका सदस्य, परिवारका सदस्य, सेना र स्वास्थ्यकर्मीसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । 
सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK