×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा १ करोड ६ लाख भन्दा धेरैको कोरोना परीक्षण, कुन देशमा कति ‘टेष्ट’ ? (अपडेट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

अमेरिकामा १ करोड ६ लाख भन्दा धेरैको कोरोना परीक्षण, कुन देशमा कति ‘टेष्ट’ ? (अपडेट)

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अमेरिकामा १ करोड ६ लाख ३८ हजार ८ सय ८३ जनाको कोरोनाको परीक्षण गरिएको छ ।वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १ करोड ६ लाख ३८ हजार ८ सय ८३ जनाको कोरोना परीक्षण गरिएको हो । 
रुसमा ६१ लाख ८८ हजार १ सय २ जनाको परीक्षण गरिएको छ भने जर्मनीमा ३१ दाख ४७ हजार ७ सय ७१ जनाको परीक्षण भएको छ । स्पेनमा २४ लाख ६७ हजार ७ सय ६१ को कोरोना परीक्षण गरिएको छ । इटालीमा २८ लाख ७ हजार ५ सय ४ को टेष्ट गरिएको छ।
वल्डोमिटरका अनुसार बेलायतमा २२ लाख १९ हजार २ सय ८१ जनाको परीक्षण गरिएको छ भने भारतमा १९ लाख ४७ हजार ४१ जनाको टेष्ट भएको छ । यस्तै फ्रान्समा १३ लाख ८४ हजार ६ सय ३३ जनाको कोरोना परीक्षण भएको छ। क्यानडामा ११ लाख ६९ हजार ३ सय ८० को परीक्षण हुँदा युएईमा १५ लाख ६० हजार ९ सय २३ जनाको परीक्षण गरिएको छ।
यता नेपालमा भने परीक्षण दायरा निकै सुस्त रहेको छ। नेपालमा हालसम्म करिब ८५ हजारको मात्रै कोरोना परीक्षण गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी