Skip to content
LAXMI SUNRISE BANK

मृतक महिलाको सम्पर्कमा आएका ५३ जनाको कोरोना परिक्षण, कसको रिपोर्ट कस्तो आयो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक । गत बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको सिन्धुपाल्चोककी महिलाको घरपरिवार तथा छिमेकमा गरिएको परीक्षणमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ५६ जनाको नमुना संकलन गरिएकोमा तीन जनाको स्वाब सोमबार पुनः प्रयोगशाला पठाइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेका स्वास्थ्यकर्मी, प्रशासनका कर्मचारी त्यस क्षेत्रका स्थानीय र सुरक्षाकर्मी समेत गरी सोमबार थप १ सय ३३ जनाको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK