×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विधानय व्यवस्थापन समितिको निर्देशन : ‘हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्नू’ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

विधानय व्यवस्थापन समितिको निर्देशन : ‘हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्नू’ (भिडियो रिपोर्ट)

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड—१९) को परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । लक डाउनमा परेका अति विपन्न, न्यून आय भएका, दैनिक ज्यालादारीमा काम गरी जिविकोपार्जन गर्दै आएका मजदुर र किसानहरुको समस्यालाई सम्बोधन गर्न उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति परशुराम मेघी गुरुङले बताउनुभयो ।
समितिले बजारमा कृत्रिम अभाव गरी कलोबजारी गर्ने र बढी मूल्य लिने प्रवृतिलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरी कानून बमोजिम कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । यस्तै स्थानीय स्तरमा उत्पादन हुने फलफुल, तरकारी, दुध जस्ता पदार्थलाई खरिद गरी, निश्चित समय र स्थान निर्धारण गरी विक्रि वितरणका लागि स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिएको छ । कुनै पनि काम गर्दा जनविश्वासलाई मध्यनजर पारदर्शी तवरले सञ्चालन गरी विपदका समयमा जनआस्था आर्जन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । जनप्रतिनिधि र कर्म चारी तथा यसमा संलग्न सबैलाई उच्च सम्मान र प्राथमिकताका साथ उनीहरुको पारिवारिक सुरक्षाको प्रतिवन्ध मिलाउन र उच्च मनोबल कायम गर्नका लागि समुचित व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको सभापति गुरुङले बताउनुभयो ।
समितिले लक डाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । लक डाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी