×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ रुसमा कोरोना भाइरसको पछिल्लो अवस्था…! (अपडेट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यस्तो छ रुसमा कोरोना भाइरसको पछिल्लो अवस्था…! (अपडेट)

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रुसमा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ । रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार सात सय नौ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै रुसमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८१ हजार सात सय ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट ९४ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ६३१ पुगेकोछ । रुसमा भेटिएका संक्रमित र मृतकमध्ये आधाभन्दा बढी राजधानी सहर मस्कोमा फेला परेका छन् । पछिल्लो समय रुसमा निकै तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
त्यसैगरी विश्वभर मृत्यु हुनेको संख्या ३ लाख १३ हजार नाघेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: