काठमाडौँ । अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन तयार भइरहेको छ। अमेरिका र ब्रिटेनका केही शोधकर्ताहरुले अक्सफोर्ड युनिभर्सिटीमा तयार भइरहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन विकासमा प्रगति भइरहेको जानकारी दिएका छन्।
शोधकर्ताहरुका अनुसार विकसित भ्याक्सिन ६ वटा बाँदरमा गरिएको परीक्षणमा सुखद् नतिजा प्राप्त भएको छ। ‘अहिले यो भ्याक्सिनको परीक्षण मानिसमा चलिरहेको छ, अब यो भ्याक्सिन केही दिनमै अन्य वैज्ञानिकहरुबाट पनि रिभ्यु गरिनेछ’, उनीहरु भन्छन्।
ब्रिटेनको औषधि निर्माता कम्पनी एजेडएनएलले गत महिना अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका शोधकर्ताहरुका साथ मिलेर कोरोनाविरुद्धको भ्याक्सिनमा काम सुरु गरेको जनाएको छ।
शोधकर्ताहरुको रिपोर्टका अनुसार ६ वटा बाँदरमा कोरोनाविरुद्धको भ्याक्सिन दिइएको थियो। तीमध्ये केही बाँदरको शरीरमा यो भ्याक्सिनले १४ दिनमै एन्टीबडी विकसित गरेको थियो भने केही बाँदरमा २८ दिनमा। ‘कोरोनाभाइरसको सम्पर्क आएपछि यो भ्याक्सिनले ती बाँदरको फोक्सोलाई नोक्सानीबाट बचाएको छ र भाइरसले उनीहरुको शरीरमा थप संक्रमण फैलाउन रोकेको छ’, शोधकर्ताहरु भन्छन्।
लन्डन स्कुल अफ हाइजि एन्ड ट्रपिकल मेडिसनका एक प्रोफेसर डाक्टर स्टिफन इवान्सले बाँदरमा जुन नतिजा देखियो त्यसले निश्चित रुपमा एउटा राम्रो खबर प्राप्त भएकोबताए। उनले भने, ‘यो अक्सफोर्ड भ्याक्सिनका लागि एउटा ठूलो बाधाका रुपमा थियो, जसबाट उसले राम्ररी पार पायो।’
शोधकर्ताहरुका अनुसार अहिले यो भ्याक्सिनका परक्षिण करिब १ हजार मानिस भइरहेको छ। उनीहरु आउँदो १ महिनाभित्र स्पष्ट निष्कर्षमा पुग्न सकिनेमा विश्वस्त छन्। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्