×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्‍वका यी १३ देश : जहाँ कोरोना संक्रमण अहिलेसम्म देखिएको छैन…

LAXMI SUNRISE BANK

विश्‍वका यी १३ देश : जहाँ कोरोना संक्रमण अहिलेसम्म देखिएको छैन…

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चीनको वुहानबाट महामारीको रुप लिएको कोरोना भाइरस अहिले विश्वका सबै महादेशमा फैलिएको छ । विश्‍वका प्रायः सबै देशमा यो संक्रमण भइसकेको बताइन्छ। कतिपय राष्ट्रले आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको पनि आरोप लाग्दै आएको छ ।
अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिस मर्ने राष्ट्रको सूचीमा पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म साढे ७८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । युरोपका प्रायः सबै ठूला राष्ट्रमा पनि संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। युरोप अन्तर्गत बेलायतमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ। त्यसपछि इटाली र स्पेनमा ज्यान गुमाउनेको संख्या धेरै छ ।
तर विश्‍वमा यस्ता पनि देश छन् जहाँ एक जनामा पनि कोरोना भाइरस संक्रमण नदेखिएको अर्थात् संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनको तथ्यांकमा ती देशमा कोरोना संक्रमण नभेटिएको हो ।
अहिलेसम्म कोरोना भाइरस संक्रमण नभेटिएका देश :
१- किरिबाटी
२- लेसोथो
३- मार्सल आइल्यान्ड
४- माइक्रोनेसिया
५- नाउरु
६- उत्तर कोरिया
७- पलाउ
८- समोआ
९- तुर्कमेनिस्तान
१०- टुभालु
११- भानुआटु
१२- टोंगा
१३- सोलोम आइल्यान्ड 
-एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी