Skip to content
LAXMI SUNRISE BANK

कालिमाटीका २ सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महानगरीय प्रहरी वृत्त,  कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । यस्तै बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

उक्त इकाईहरुमा कार्यरत सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी पनि भइरहेको छ । टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK