×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित व्यक्ति फेला परेनन्’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

LAXMI SUNRISE BANK

‘पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित व्यक्ति फेला परेनन्’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त परिक्षणमा कोरोना भाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकरी दिएका छन् । 
हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । जसमा ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । यसमध्ये ३१ जना निको भएका छन् । 
बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । हालसम्म पीसीआर विधिबाट १६ हजार ८९८ वटा परीक्षण गरिएका छन् भने आरडीटी ५६ हजार ५५० वटा परिक्षण गरिको छ ।  
देशभर क्वारेन्टाइनमा कूल १३ हजार ६२५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १६४ जना रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी