×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

GLOBAL IME BANK
SHREE KESH

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख १३ हजार २ सय ५६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७० हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ भने १३ लाख ४० हजार ६ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७६ हजार ९ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ९२ हजार २ सय ९३ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ भने अहिलेसम्म १ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १ जना संक्रमित भएका छन् भने २२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: