
काठमाडौं । एकै दिन विश्वभरका १ लाख ६ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो एकै दिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानम गेब्रेयेसुुसले बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जनाएका छन् ।
नयाँ संक्रमितमध्ये दुई तिहाइ संक्रमित अमेरिका, रुस, ब्राजिल र भारतका छन् । डब्ल्यूएचओले बुधबार अहिले नै कोरोना भाइरस अन्त्य हुने दिशातर्फ अघि बढिरहेको छ भनेर नबुझ्न पनि सुझाव दिएको छ । जेनेभामा बोल्दै गेब्रेयेसुसले विकसित मुलुक कोरोना भाइरस नियन्त्रणमा आएसँगै लकडाउन खुकुलो पार्ने दिशामा अघि बढिरहेको अवस्थामा गरिब मुलुकमा यो महामारी तीव्र गतिमा फैलिन सुरु गरेको बताएका छन् ।
उनले अझै पनि लामो यात्रा तय गर्न बाँकी रहेको बताउँदै निम्न र मध्यम आय भएका मुलुकमा यो भाइरसको महामारी फैलिनु चिन्ताको विषय रहेको बताए । अहिले दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिरहेको छ । विश्वका धेरै मुलुकहरु कोरोना भाइरसको संक्रमण रोक्न नयाँ तरिका प्रयोग गर्ने विषयमा छलफल गरिरहेको अवस्थामा यस किसिमको समाचार सार्वजनिक भएको हो । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्