
काठमाडौं – कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहका विश्वभरका ९० हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन्। २ सय ६० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय नर्सिङ परिषद्का अनुसार संक्रमित र मृत्यु हुने स्वास्थ्यकर्मीको वास्तविक संख्या यसको दुई गुणा बढी हुनसक्छ। अधिकांश देशले स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीईको प्रबन्ध गर्न नसकेको समाचारहरु आइरहेका छन्।
कोरोना भाइरसको महामारीका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय भन्दा बढी संक्रमितको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार नजिक पुगेको छ। कुल संक्रमितको संख्या १२ लाख ६२ हजार नाघेको छ। त्यस्तै रुसमा पनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। गत मार्चदेखि कोरोनाको उच्च चपेटामा परेका बेलायत बाहेक अन्य युरोपेली देशहरुको अवस्था सुधार हुँदै गएको छ।
भारतमो एकै दिन ३ हजार ५ सय नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ५३ हजार नजिक पुगेको छ। त्यस्तै हिजो ९२ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या साढे १७ सय पुगेको छ। कोरोना भाइरसको महामारीका कारण भारतमा साढे १२ करोड मानिसले रोजगारी गुमाएका छन्। ट्याक्सी सञ्चालन गर्ने कम्पनी उबरले आफ्ना १४ प्रतिशत कर्मचारी कटौति गर्ने निर्णय गरेको छ।
विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या ३८ लाख पुग्दा मृतकको संख्या २ लाख ६४ हजार नाघेको छ। त्यस्तै झण्डै १३ लाख मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्