
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले बैशाख २८ गते एक लाख रुपैयाँ घूस रकमसहित रंगेहात पक्राउ परेका डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित विशेष अदालतमा दर्ता गरेको छ । आयोगले प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरेको हो ।
आयोगले अभियोगपत्रमा प्रमुख प्रसादले ६ लाख रुपैयाँ घूस लिएर चुनढुङ्गा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएकाले सोही अनुसारको बिगो मागदाबी गरेको जनाएको छ ।आयोगको अनुसन्धानमा उनले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई घूस रकम माग गरेका थिए ।
उनले चुनढुङ्गा निकासी गर्न छोडपूर्जी दिने शर्तमा एकलाख तत्काल र ५ लाख रुपैयाँ काठमाडौंमा लिने सहमति जनाएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्