×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनालाई जितेका यी तीन देश, जहाँ ५ जना भन्दा कम छन् संक्रमित

LAXMI SUNRISE BANK

कोरोनालाई जितेका यी तीन देश, जहाँ ५ जना भन्दा कम छन् संक्रमित

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना भाइरसको संक्रमण अहिलेसम्म आइपुग्दा विश्वका २१० वटा देशमा फैलिसकेको छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसको महामारी यतिबेला विश्वमै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । तर आज तपाईलाई विश्वमा ५ जना भन्दा कम संक्रमित भएका देशहरुको बारेमा जानकारी दिनेछौँ ।
१. सेन्ट पेइर मिकेलन
सेन्ट पेइर मिकेलनमा अहिलेसम्म एक जनालाई संक्रमण भएको छ भने संक्रमित उपचार पछि निको भईसकेका छन् ।
२. लेसोथो
लेसोथोमा अहिलेसम्म १ जनालाई संक्रमण भएको छ । त्यहाँ संक्रमितको उपचार भईरहेको छ ।
३. एन्गुइला
एन्गुइलामा अहिलेसम्म ३ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ जना नै उपचार पछि निको भएका छन् । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी