×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित भेटिएपछि क्रिमसन अस्पतालका स्वास्थ्यकर्मी र बिरामी कुरुवाको पनि कोरोना परीक्षण हुँदै !

PRIME CA

कोरोना संक्रमित भेटिएपछि क्रिमसन अस्पतालका स्वास्थ्यकर्मी र बिरामी कुरुवाको पनि कोरोना परीक्षण हुँदै !

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका चिकित्सक, बिरामी र बिरामी कुरुवामा मंगलबार कोरोना परीक्षण गरिने भएको छ । उक्त अस्पतालमा उपचारत गुल्मीका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएसंगै अस्पतालमा कार्यरत चिकित्सक, बिरामी र बिरामी कुरुवाकोसमेत कोरोना परिक्षण हुने भएको हो । 
 
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार अस्पतालभित्र रहेकाहरुको स्वाब संकलनका लागि पीपीई लिएर जाने तयारी भइरहेको छ । स्थानीय प्रशासनले अस्पताललाई सोमबार सांझदेखि नै सिल गरेको छ । सिल गरेपछि डाक्टर, नर्ससहित १ सय २५ जना र कर्मचारी, ३७ जना भर्ना भएका विरामी र विरामीका कुरुवा करिब ८० जना अस्पतालभित्रै छन् ।
संक्रमित व्याक्क्ति आईसीयूमा भेन्टिलेटरको सहायताले उपचार भइरहेको अस्पतालले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: