×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा खाना पकाउने ग्याँसको मूल्य घट्यो, नेपालमा के होला ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

भारतमा खाना पकाउने ग्याँसको मूल्य घट्यो, नेपालमा के होला ?

Artha Sarokar

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतमा खाना पकाउने ग्याँसको मूल्य घटेको छ। भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्याँसको मूल्य घटाएका हुन् । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु घटेको छ ।
भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्याँसको मूल्यमा हेरफेर हुने गरेको छ। आजसहित लगातार तीन महिना भारतमा ग्याँसको मूल्य घटेको हो । भारतको राजधानी नयाँ दिल्लीमा अनुदान बिनाको ग्याँस प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ। मुम्बइमा ७१४ बाट घटेर ५७९ भारुमा कायम भएको छ भने कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ। भारतमा खाना पकाउने ग्याँसको मूल्य घटेसँगै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने हुँदा ग्याँसको मूल्य घट्ने देखिन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी