×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाको सहयोगमा दैलेखका कोरोना संक्रमितको शव राती नै जंगलमा गाडियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाली सेनाको सहयोगमा दैलेखका कोरोना संक्रमितको शव राती नै जंगलमा गाडियो

Artha Sarokar

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख । कोरोना भाइरसका करण  मृत्यु भएका कर्णालीका पहिलो व्यक्तिको शव शनिबार राति नै व्यवस्थापन गरिएको छ । नेपाली सेनाको सहयोगमा दुल्लु नगरपालिकाले दैलेखका ती मृतकको शव राति नै जंगलमा  व्यवस्थापन गरिएको हो । 
नगर प्रमुख घनश्याम भण्डारीले दुल्लु नगरपालिका–५ मा रहेको शिद्धस्थली जंगलको बीचमा शब व्यवस्थापन गरिएको जानकारी दिए । शब व्यवस्थापन गर्दा सुरक्षाका सबै विधि पूरा गरिएका उनले बताए ।
भारतको गुजरातबाट आएका ३५ वर्षीय व्यक्तिको शनिबार बिहान क्वारेन्टाइनमै मृत्यु भएको थियो । उनी चिया पिएर बेडमा जाँदै गर्दा एक्कासि बेहोस भएर लडेका थिए । उनको स्वाबको रिपोर्ट पोजिटिभ आएपछि संक्रमितको शबलाई व्यवस्थापन गर्ने विधिअनुसार बस्तीदेखि टाढाको जंगलको बीचमा व्यवस्थापन गरिएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने उनी सातौं व्यक्ति हुन् । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ भने ७ जनाको ज्यान गएको छ । यस्तै निको हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो समय नेपालमा भारतबाट आउने नेपालीको संख्या बढेको छ । जसकारणले नेपालमा संक्रमितको संख्या पनि बढेको छ ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी