×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सङ्क्रमित भेटिएपछि दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी !

PRIME CA

कोरोना सङ्क्रमित भेटिएपछि दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी !

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

दैलेख । कोरोना सङ्क्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको छ । आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना सङ्क्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो । नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताउनुभयो । 
लकडाउनको ५६ औँ दिनमा कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित दैलेखमा भेटिएका हुन् । शनिबार स्वाब सङ्कलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना सङ्क्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि उनमा कोरोना पोजेटिभ देखिएको थियो । भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति त्यहाँबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो । 
महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने बेला उनीहरुको आरडिटी परीक्षण गरिएको थियो, त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछि जेठ ३ गते शनिबार हामीले सबैकोे स्वाब सङ्कलन गराएर परीक्षण गराउँदा ती युवामा कोरोना पोजेटिभ देखिएको छ ।” कोरोना सङ्क्रमण भेटिएको थाहा पाएपछि वडा सिल गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: