×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : दाङमा थप १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या बढ्दो !

PRIME CA

BREAKING : दाङमा थप १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या बढ्दो !

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख भएअनसार, दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० र ४२ वर्षका व्यक्तिमा कोरोना देखिएको छ । लमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु लमहीकै क्वारेन्टाइनमा छन् । यस्तै पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४मा १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: