×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : घोराही उपमहानगरको भगुवार गाउँको गुरैयाँ टोललाई सिल

PRIME CA

कोरोना त्रास : घोराही उपमहानगरको भगुवार गाउँको गुरैयाँ टोललाई सिल

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

घोराही
  • अर्थ सरोकार सम्बाददाता 
दाङ ।  घोराही उपमहानगरपालिका ९ को भगुवार गाउँको गुरैयाँ टोललाई सिल गरिएको छ । काठमाडौ स्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका भगुवारका एक जना व्यक्तिमा कोरोना संक्रमण देखिए पछि गाउँलाई सिल गरिएको हो । गत चैत १० हजुरआमाको शुद्धशान्तिका लागि घर आएका आएका उनी वैशाख ३१ गते काठमाडौं फर्किएका थिए । काममा जाने क्रममा अपार्टमेन्टले जेठ ४ गते उनको स्वास्थ्य जाँच गराएपछि उनमा कोरोना पुष्टि भएको वडा अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए।
उनी फुपुको छोराले चलाउने एम्बुलेन्समा काठमाण्डौ गएका थिए। उनीसँगै काठमाण्डौ गएका एम्बुलेन्स चालक, एक महिला र बच्चामा संक्रमण नदेखिएपछि दाङमै संक्रमण भएको हुन सक्ने उनले बताए। यद्यपि ती व्यक्तिलाई कसरी र कहाँबाट संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन । १७ घरधुरी रहेको गुरैयाँ टोलका नागरिकहरुलाई अहिले बाहिर निस्कन र बाहिरबाट गाउँ प्रबेशमा रोक लगाईएको वडा अध्यक्ष बस्नेतले बताउए। अहिले उनले भेटेका व्यक्ति र गएका ठाउँका नागरिकहरु त्रसित भएका छन् । उनलाई टेकु अस्पतालको आइसोलेशनमा राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: