×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिले आउने होला बुद्धि ? दाङमा ‘लकडाउन’ उल्लघंन गर्ने ५२ जना प्रहरीको नियन्त्रणमा…

PRIME CA

कहिले आउने होला बुद्धि ? दाङमा ‘लकडाउन’ उल्लघंन गर्ने ५२ जना प्रहरीको नियन्त्रणमा…

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दाङ – दाङमा लकडाउन उल्लघंन गर्ने ५२ जनालाई प्रहरीले कारवाही गरेको छ । तुलसीपुरबाट लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्मरपालका अनुसार लकडाउनको अवधिमा बजारमा हिँड्ने तथा सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिईएको हो । ट्रक, दुईवटा जिप, तीनवटा मोटरसाइकल, दुईवटा स्कुटी र विभिन्न सवारी साधन पनि नियन्त्रणमा लिएको उनले बताए । 
नियन्त्रणमा लिएका व्यक्तिहरुलाई लकडाउन उल्लंघन नगर्ने सर्तमा केही घण्टा राखेर छोडिनेछ । तुलसीपुरमा बिहान दुई घण्टा मात्र अत्यावश्यक वस्तुको पसलहरु खुल्दै आएका छन् । यसअघि दैनिक तीन घण्टा खुल्दै आए पनि बिहीबारदेखि विहान ६ देखि ८ बजेसम्म मात्र खुला गर्न दिइएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: