
- अर्थ सरोकार सम्बाददाता
दार्चुला । दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जेठ ८ गते धारचुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका पुरुषमा कोरोना पुष्टी भएको हो । उनी भारतको दिल्लीबाट आएको बुझिएको छ ।
उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए । जेठ ८ गते धारचुलाको नाकाबाट उनीसंगै ३१९ जना भित्रिएका थिए । २१ वर्षीय युवकलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा रखिएको थियो । उनी संगै बसेका अन्यको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना संक्रमितको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्